बैतडी । बैतडिमा जीप दुर्घटनाहुँदा ४ जना घाईते भएका छन् । जीप जिल्लाको जयपृथ्वी राजमार्गअन्तर्गत सुर्नया गाउँपालिका–६ दुदिलाखानमा आइतबार राति भएका छन्।
घाइते हुनेहरुमा बैतडीको सिगास गाउँपालिकाका जनक विष्ट, जगदिश पन्त, करुणाकर पन्त र पाटन नगरपालिका–९ का राजेन्द्र बिजले रहेका छन्।
घाइते चारै जनाको सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरक्षक कान्तिराज जोशीले जानकारी दिए।
बैतडीको खोड्पेदेखि बझाङ बित्थडका लागि छुटेको से १ ज ५८४ नं को जीप दुदिलाखान मोडमा आइतबार राती ८ बजे दुर्घटनामा परेको हो।
जीप सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन्। जीप चालक सिगास गाउँपालिका १ का महेश पन्त फरार रहेका छन्।