
काठमाडौं । सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारी अबको दुई साता भित्रै बझाङमा हवाई सेवा सुचारु हुने बताएका छन् । मन्त्री अधिकारीले विहिबार प्रतिनिधि सभा सदस्य आसाकुमारी बिकको संयुक्त टोलीसँगको भेटघाटमा प्रदेश ७ का
दुई पहाडि जिल्लाहरु अछाम र बझाङमा अबको दुई साता भित्र हवाई जहाज उड्ने बताएका छन् ।
प्रदेश सातका यी दुई जिल्लाहरुमा सवारी साधनको अभावकै कारण अधिकांस सुत्केरी महिला, बालबालिका र गम्भिर विरामीहरुले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता अब कम हुनेछ ।
अछामको साँफेबगर विमानस्थल यो भन्दा पहिले नै कालोत्रे सकिएपछि परिक्षण गडान पनि सम्पन्न भएका कारण यहाँ दशै अगाबै नियमित उडान सञ्चान गरिने् छ भने बझाङमा बालोपत्रेको काम चलिरहेका कारण अब छिट्टै सकेर सञ्चालनमा ल्याउने तयारी गरिएको छ । यी जिल्लाहरुमा जिल्लामा धनगढी र नेपालगन्ज लगाएतका स्थानबाट जहाज जाने भएको छ ।