दार्चुलाबाट महेन्द्रनगर आउदै गरेको बस डोटीमा दुर्घटना, २८ घाइते, १५ गम्भीर

२८ भाद्र २०७५, बिहीबार ०८:४८

लाल बहादुर वि.क, काठमाडौं । प्रदेश ७ को डोटीमा बस दुर्घटना भएको छ । दुघृटनामा परि २८ जना घाईते भएका छन् । जथसमा १५ जनाको अवस्था गम्भिर रहेको छ ।

फाईल फोटो

दार्चुलाबाट महेन्द्रनगर आउदै गरेको ना ७ ख ९११४ नम्बरको यात्रुबाहक बस बिहीबार बिहान ३ बजेको समयमा दुर्घटना भएको थियो । बस डोटीको जोरायल गाउँपालिका–२ छतिवनमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले दिएको जानकारी अनुसार बस सडकबाट ६० मिटर तल खसेको थियो ।

घाइते सबैको प्रहरी र स्थानीयले उद्धार गरी उपचारका लागि कैलालीका विभिन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।