
माघ २२, काठमाडौं ।
महिलाहरुको विशेष पर्व हरितालिका तीज पनि यसवर्ष निकै पछाडि सरेको छ । हरितालिका तीजको ब्रत भदौ २७ गते परेको छ ।
त्यसैगरी दशैं र तिहार दुबै कात्तिक महिनामा परेका छन् । दशैंको टीका कात्तिकमा परे पनि नौरथा चाहिँ असोजबाटै सुरु हुन्छ ।
२०७५ सालको ‘सूर्य पञ्चाङ्ग’का अनुसार असोज २४ मा घटस्थापना परेको छ भने विजयादशमी कात्तिक २ मा परेको छ । कोजाग्रत पूर्णिमा कात्तिक ७ मा परेको छ ।
यस्तै कात्तिक २१ गते लक्ष्मीपूजा र २३ गते भाइटीका परेको छ ।
आगामी वर्षको छठ पर्व कात्तिक २७ गते परेको छ ।
त्यसैगरी गाईजात्रा भदौ ११ गते परेको छ भने कुसे औंसी भदौ २४ गते परेको छ ।