साम्राज्ञीको ट्याटुले हंगामा मच्चाएपछि ट्याटु खोप्ने आर्टिस्टले माफी मागे

२२ माघ २०७४, सोमबार १०:४१

माघ २२, काठमाडौं ।

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले फिलिपिन्समा छिन् ।

गोप्य अंगको तल खोपिएको ट्याटुको तस्बिर सार्वजनिक भएपछि उनलाई चिन्ता परेको हो । फिलिपिन्समा नै एक आर्टिस्टले उनको ट्याटु खोपेका थिए ।

ट्याटु खोप्ने आर्टिस्टले नै उनको तस्बिर सार्वजनिक गरिदिएका थिए । जसलेगर्दा, उनको यो तस्बिर सर्वाधिक आलोचित पनि भयो । साम्राज्ञीको ट्याटुले नेपाली मिडिया र सामाजिक संजालमा हंगामा मच्चाएपछि ट्याटु खोप्ने आर्टिस्टले माफी मागेका छन् ।

उनले, साम्राज्ञीको अनुमति विना नै आफूले तस्बिर सार्वजनिक गरेको भन्दै उनी र उनका फ्यानसँग माफी मागेका हुन् ।

उनले साम्राज्ञीलाई पहिले जस्तै प्रेम गर्न फ्यानसाग आग्रह पनि गरेका छन् । चलचित्र कायरा’को छायांकनका लागि नायक आर्यन सिग्देलसँग फिलिपिन्समा रहेकी नायिकाको संवेदनशिल अंगको तल खोपिएको ट्याटु सार्वजनिक हुादा त्यसले हंगामा मच्चाएको थियो ।