माघ २२, काठमाडौं ।
क्याटलोनिया डर्बीमा बार्सिलोनाले बराबरी खेलेको छ । स्पेनिस ला लिगा फुटबलमा आइतबार राति लिग लिडर बार्सिलोनाले स्पानियोलसँग १-१ को बराबरी खेलेको हो ।
स्पानियोलको घरेलु मैदानमा भएको खेलमा भाल्भेल्र्डेले लिओनल मेस्सीलाई बेञ्चमा राखेका थिए । पहिलो हाफमा फिलिप काउटिन्होको प्रहार बारमा लागेर फर्कियाो ।
खेलको ६६ औं मिनेटमा जेरार्ड मोरेनोको गोलबाट स्पानियोलले अग्रता लियो ।
तर, निर्धारित समयको खेल सकिन ८ मिनेट बाँकी छँदा जेरार्ड पीकेले गोल गरे । सब्सिच्युटका रुपमा मैदान प्रवेश गरेका लिओनल मेस्सीको फ्रि किकमा उनले हेडगोल गरेका हुन् ।
दोस्रो हाफको खेलका क्रममा भारी वर्षा भएको थियो, जसका कारण खेल्न आफ्ना खेलाडीलाई केही असहज भएको भाल्भेर्डेले बताए ।
यो बराबरीसँगै बार्सिलोनाले २२ खेलको अपराजित क्लब रेकर्ड बनाएको छ । यसअघि पेप ग्वार्डिओला हुँदा २१ खेलमा अपराजित थियो ।
आइतबार नै भएको खेलमा एथ्लेटिको मड्रिडले भ्यालेन्सियालाई १-० ले हराएको छ । र, बार्सिलोनाको अग्रता ९ अंकमा झारेको छ । तर, चौथो स्थानमा रहेको रियल मड्रिड भने १९ अंकले पछाडि छ ।
- लिग लिडर बार्सिलोनाको २२ खेलबाट ५८ अंक छ ।
- दोस्रो स्थानमा रहेको एथ्लेटिकोको ४९ अंक भएको छ भने
- ४० अंकसहित भ्यालेन्सिया तेस्रो
- र ३९ अंकसहित रियल मड्रिड चौथो स्थानमा छ ।
यद्यपि रियलले एक खेल कम खेलेको छ ।