मन्जिल कन्दङ्वा
माघ २२, काठमाडौं ।
नेपाल टेलिकमले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा ‘नमस्ते क्रेडिट सेवा’ नाम दिएर आफ्ना प्रिपेड ग्राहकको लागि ब्यालेन्स सापटी दिन सुरु गरेको छ ।
प्रिपेड कार्डबाहक ग्राहकले अब फोन गर्दा गर्दै पैसा सकिएमा पनि कुरालाई निरन्तरता दिन पाउने छन् ।
टेलिकमको प्रतिस्पर्धि मानिने ऐनसेलले यो सेवा सुरु गरेको लामो समयसम्म टेलिकमले यसमा चासो देखाएको थिएन । यस्तो सेवा युवा पुस्ताले खुबै मनपराएको देखेपछि टेलिकमले पनि त्यसैलाई पछ्याउँदै ‘सापटी’ लिने सेवा सुरु गरेको छ ।
सोमबार वार्षिकोत्सव कार्यक्रममा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सेवाको सुरूआत गरे । आज सोमबार संस्थाले यसको सफ्ट लञ्ज गरेको हो ।
यो योजनामा कति रकमको सीमा राखिने भन्ने बिषय टुंगो लाग्न बाँकी छ भने योजनाको पूर्ण कार्यान्वयन आगामी एक महिनाभित्रबाट हुनेछ ।
- ग्राहकले बिना पैसा कुरा गर्न पाएको समय बराबरको रकम भने पछि रिर्चाज गर्दा काटिने छ ।