सलमान खानलाई अर्की गर्लफ्रेन्डबाट पनि धोका

२१ माघ २०७४, आईतवार ०८:३३

माघ २१, काठमाडौं ।

सलमान खानको लभ–लाइफको ह्याप्पी इन्डिङ हुँदैन । अहिलेसम्मको घटनाक्रमले यसै भन्छ । कुनैबेला उनी ऐश्वर्य रायसँग अफेयरमा थिए । पछि, ऐश्वर्यले उनलाई लत्याए । त्यसअघिका गर्लफ्रेन्ड शाहीन जाफरी, संगीता बिजलानी, सोमी अलीले पनि सलमानलाई एक्लो बनाए ।

ऐश्वर्यपछि सलमान क्याटरिना कैफसँग जोडिए । उनीहरुको प्रेम–सम्बन्ध पनि दुई चिरा पर्‍यो । आखिरमा सलमान रोमानियन केटी यूलिया वन्तूरसँग रोमान्स गर्न थाले । तर, उनका कथित गर्लफ्रेन्ड यूलियाले यसअघि नै बिवाह गरिसकेका थिए । उनले मारियास मोगा नामका गीतकार तथा गायकसँग २०१२ मै जोडी बाँधेकी थिइन् ।

‘जय हो’ फिल्मको छायांकनका क्रममा सलमानसँग यूलियाको भेट भयो । यूलियालाई सलमानले नै भारतमा निम्त्याएको बताइन्छ । तर, उनले अहिले ‘दबंग ब्वाई’लाई लत्याएकी छिन् । यो कुरा भने एक गायन रियलिटी शोको परिदृश्यले देखायो ।

खासमा त्यहाँ यूलिया र मनीष पाल आफ्नो गीत प्रमोशनका लागि पुगेका थिए । त्यहाँ जयले यूलियाका अघिल्तिर सलमान खान, रणवीर सिंह र रणबीर कपुरको तस्विर राखिएको थियो । त्यसमध्ये एकलाई यूलियाले कुनै एकलाई वरमाला लगाइदिनुपर्ने थियो । यूलियाले यी तीनलाई छाडेर जय भानुशालीलाई वरमाला लगाइदिए ।