एयरपोर्टमा कार्यरत असई २० किलो अवैध सुनसहित पक्राउ

२० माघ २०७४, शनिबार ०३:११

माघ २०, काठमाडौं ।

नेपाल प्रहरीका एकजना असई २० किलो अवैध सुनसहित पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत असई कुलबहादुर राई २० किलो अवैध सुनसहित पक्राउ परेका हुन् ।


नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो ९सीआईबी० र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले राईलाई बालुवाटारस्थित उनकै डेराबाट पक्राउ गरेको महाशाखा प्रमुख दिवेश लोहनीले जानकारी दिए ।

सुन कसको हो भन्ने नखुलेको र राईमाथि थप अनुसन्धान जारी रहेको लोहनीले जानकारी दिए ।