सिरियामा हालसम्मकै खराब मानवीय संकट : राष्ट्रसंघ

१९ माघ २०७४, शुक्रबार १०:०८

माघ १९, काठमाडौं

सिरियामा मानवीय संकट उच्च रहेको भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।

बिद्रोही नियन्त्रित हामा प्रान्तमा पछिल्लो समय बढेको आक्रमणका कारण सर्वसाधारणले हालसम्मकै खराब मानवीय संकट व्यहोरिरहेको भन्दै राष्ट्रसंघले चिन्ता व्यक्त गरेको हो ।

पछिल्लो पटक सिरियामा हालसम्मकै सुरक्षित मानिएको अल मगारा केभ अस्पतालमा भएको हवाई आक्रमणबाट अस्पताल पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

हामा प्रान्तको कार्फ जीता शहरस्थित सो अस्पतालमा ५ राउण्ड हवाई आक्रमण भएको स्वास्थ्य क्षेत्रमा संयुक्त रुपमा काम गरिरहेका युनियन मेडिकल केयर र रिलिफ अर्गनाईजेशनलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

सन् २०१५ यता सिरियाका हिंसाग्रस्त स्थानमा मानवीय सहायता समेत पुग्न नसक्दा अवस्थाा जटिल बन्दै गएको राष्ट्रसंघले जनाएको छ ।