माल्दिभ्सका पूर्वराष्ट्रपति माथिका सबै आरोप फिर्ता

१९ माघ २०७४, शुक्रबार ०९:५७

माघ १९, काठमाडौं ।

माल्दिभ्सको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति मोहम्मद नशीदमाथि लागेको आतंकवादका सबै आरोपबाट उनलाई बरी गरिदिएको छ अनि राजनीतिक बन्दीहरूलाई थुनामुक्त गर्ने आदेश दिएको छ ।

सर्वोच्चको यस फैसलापछि लन्डनमा निर्वासित जीवन बिताइरहेका नशीद र उनका समर्थकहरूलाई राहत प्राप्त भएको छ ।

यो आदेशपछि माल्दिभ्सको राजनीतिमा हलचल आएको छ । नशीद र उनका समर्थकहरूले राष्ट्रपति अब्दुल्ला यमीनको राजीनामाको माग गरेका छन् । यसैबीच प्रहरीले उत्सव मनाइरहेका नशीदसमर्थकहरूमाथि लाठीचार्ज ग–यो र
आँसुग्यास प्रहार ग–यो । राष्ट्रपति यमीनले देशका प्रहरी प्रमुखलाई बर्खास्त गरेका छन् ।

भारतसमर्थक मानिने नशीदले ट्वीट गरेर फैसलाको स्वागत गरेका छन् । उनले भने, ‘म सबै राजनीतिक बन्दीहरूलाई तत्काल थुनामुक्त गर्ने अनि नागरिक र राजनीतिक अधिकारलाई बहाल गर्ने अदालतको फैसलाको स्वागत गर्छु ।
राष्ट्रपति यमीनले यो फैसला मानेर अविलम्ब राजीनामा दिनुपर्छ ।’