‘सत्रु गते’को ‘पिरतिको बर्को’ गीत रिलिज (भिडियो सहित)

१८ माघ २०७४, बिहीबार १०:३१

माघ १७, काठमाडौ ।

नायक पल शाह र नायिका आँचल शर्माको जोडीलाई दर्शकले पर्दामा रुचाएका छन् । बाहिरि दुनियाँमा समेत प्रेमको रंगमा घोलिएको यो जोडी अभिनित चलचित्र ‘सत्रु गते’ चैत्र ९ गतेबाट रिलिज हुँदैछ ।

चलचित्रमा समावेश ‘पिरतिको बर्को’ बोलको गीतको भिडियो रिलिज भएको छ । यो गीतलाई संगीतकार कालिप्रसाद बाँस्कोटाले फरक शैलीमा तयार पारेका छन् ।

 

  • (भिडियो)

चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुषाल, राजाराम पौडेल, शिवहरि पौडेले, किरण केसी, सुष्मा कार्की, मोहित बंश आचार्य, राजु भुजु लगायतका कलाकारको अभिनय छ । चलचित्रको ‘रुपै मोहनी’ बोलको गीत हिट भैसकेको छ ।