मलेसियामा एक नेपालीको मृत्यु

१८ माघ २०७४, बिहीबार ०८:१६

माघ १८ , काठमाडौं ।

झापा जिल्लाको दमक–२ का सुरेन्द्र विष्ट (फणिन्द्र)को वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा मृत्यु भएको छ ।

त्यहाँस्थित एयरपोर्टमा कार्यरत ३२ वर्षीय विष्टको गत माघ १३ गते सुतेको अवस्थामा मृत्यु भएको हो ।

सुतेको अवस्थामा मुखबाट फिँज निकालिरहेको अवस्थामा फेला परेपछि उपचारका लागि अस्पताल लगिएको थियो । अस्पतालमा उपचारका क्रममा विष्टको मृत्यु भएको थियो ।

तीन वर्षअघि रोजगारीका क्रममा मलेसिया पुगेका विष्टको आज शव ल्याउने तयारी भएको मृतकका पिता हरिभक्तले बताए ।