भारतका गरिब मुख्यमन्त्रीको सम्पत्ति जम्मा ४ हजार

१८ माघ २०७४, बिहीबार ०८:०५

माघ १८, काठमाडौं ।

मानिक शंकर चार कार्यकाल भारत त्रिपुराको मुख्यमन्त्री भइसके । अब पाँचौं पटक मुख्यमन्त्री बन्ने दौडमा छन् । तर, उनीसँग न जमिन छ न घर ।

उनीसँग ३ हजार ९३० भारु नगद छ । उनको कहिल्यै आयकर तिरेका छैनन् । सीपीआई एमका नेतासमेत रहेका मुख्यमन्त्री शंकरले आफ्नो तलब पार्टीलाई दिन्छन् र निर्वाह भत्ता ५ हजार बुझ्छन् ।


६९ वर्षीय नेतासँग १५२० भारु छ भने उनको बैंक एकाउन्टमा २ हजार ४१० भारु छ ।

उनको अरु कुनै बैंक बचत छैन । उनलाई भारतकै सबैभन्दा गरिब मुख्यमन्त्री मानिन्छ ।

उनकी पत्नी पांचाली भट्टाचार्य केन्द्र सरकारको अवकास प्राप्त कर्मचारी हुन् । उनीसँग २० हजार १४० भारु नगद छ भने १ लाख २४ हजार १०१ र ८६ हजार ४७३ भारु दुई फरक-फरक बैंकमा छ ।

उनको तीन फिक्स डिपोजिट २ लाख, ५ लाख र २.२५ लाख छ भने २० ग्राम गहना छ । उनको नाममा ८८८.३५ स्क्वायर फिट जमिन छ भने त्यहाँ निर्माण कार्यमा १५ लाख लगानी गरेकी छन् । यो जमिनको अहिलेको मूल्य २१ लाख भएको शंकरले आफ्नो मनोनयन पत्रमा उल्लेख गरेका छन् ।