हिमपातले २१ जनाको मृत्यु

२६ पुष २०७४, बुधबार ११:११

पुस २६, काठमाडौं ।
चीनको मध्य तथा पूर्वी प्रान्तमा परेको हिमपातका कारण २१ जनाको मृत्यु भएको छ । यही जनवरी २ देखि परेको हिमपातमा परी उनीहरुको मृत्यु भएको चीनको प्रकोप न्यूनीकरण राष्ट्रिय आयोगले जनाएको छ ।
भीषण हिमपात र हिमआँधीका कारण थुप्रै घर पुरिएका छन् भने कृषिवाली नष्ट भएकोे र विद्युत सेवा अवरुद्ध भएको आयोगका अधिकारीले जानकारी दिएका छन् । उनीहरुका अनुसार शान्छी, हेनान, हुवेई, अन्हुई र जिआङसु प्रान्तहरु बढी हिउँबाट प्रभावित भएका छन् ।


झन्डै ३ हजार ७ सय जना विस्थापित भएका छन् भने १४ हजारभन्दा बढीलाई आपतकालिन सेवाको आवश्यकता रहेको आयोगले जनाएको छ ।आयोगका अनुसार झन्डै ७ सय घर ध्वस्त भएको र २८ सय घरमा क्षति पुगेको छ ।
खराब मैसमले झण्डै २ लाख ३३ हजार १ सय हेक्टरको कृृषिभूमीमा असर पारेको छ । त्यसमध्ये आठ हजार एक सय हेक्टर क्षेत्रफलको बालीनाली नष्ट पारेको छ ।