ट्रम्प टावरमा आगालागी

२६ पुष २०७४, बुधबार १०:०३

पुस २६, काठमाडौं । (एजेन्सी)
अमेरिकाको न्युयोर्कस्थित ट्रम्प टावरको छानामा सोमबार आगालागी भएको अमेरिकी अग्नि नियन्त्रण विभागले जनाएको छ ।
आगो निभाउने क्रममा दुई जना अग्नि नियन्त्रक सामान्य घाइते भएको बताइएको छ ।

स्थानीया समय अनुसार बिहान ७ बजे भवनमा तैनाथ गुप्तचर सेवाका सदस्यले न्युयोर्कको मिड टाउन म्यानह्यातनमा रहेको ५८ तले गगनचुम्बी भवनको छतबाट आगोको मुस्लो निस्केको देखेपछि स्थानीय अग्नि नियन्त्रण कार्यालयमा जानकारी गराइएको र अग्निनियन्त्रण अधिकारीले तत्काल सेवा प्रवाह गरेको म्यानह्याटन क्षेत्रका प्रशासन प्रमुख रोगर डब्लु साकोबीचले आगलागी नियन्त्रणपछि आयाजित पत्रकार सम्मेलनमा बताए ।
घट्नामा एक अग्नि नियन्त्रक र एक इन्जिनियर सामान्य घाइते भएका छन् ।