घुस लिने सुब्बाविरुद्ध मुद्दा

२६ पुष २०७४, बुधबार ०९:३०

पुस २५, काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार कार्यालय भक्तपुरका नायब सुब्बा राजु गौतमविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेले नायब सुब्बा गौतमका अनुसार जग्गाधनी प्रमाणापुर्जाको मोहीको नाम लगत कट्टा गर्ने प्रयोजनमा एक सेवाग्राहीसँग ६ हजार रुपैयाँ लिँदालिँदै गर्दा केही दिन अघि पक्राउ परेकाथिए । आयोगले नायब सुब्बालाई कैद सजायको मागदाबी गरेको छ ।