खेलकुद सप्ताहमा ५ फिटभन्दा मुनिकाले मात्रै सहभागीता जनाउन पाउने

२६ पुष २०७४, बुधबार ०९:०७

पुस २६, काठमाडौं ।
राष्ट्रिय निजी तथा आवसीय विद्यालय एसोसिएसन (प्याब्सन) को आयोजनामा ऐन प्याब्सन खेलकुद सप्ताह शनिबारदेखि हुने भएको छ ।
आयोजक ऐन प्याब्सनले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै विभिन्न ५ विधा समेटिएको खेलकुद सप्ताह गर्न लागेको जानकारी गराएको हो ।

 

खेलकुद सप्ताहमा फुटबल, सटपुट, १०० मिटर दौड, ४०० मिटर दौड रिले र ३ हजार मिस्टर दौड हुने ऐनप्याब्सनका खेलकुद इन्चार्ज खडक बहादुर बस्नेतले पत्रकार सम्मेलनमा जानकारी गराए ।फुटबलमा ५ फिटभन्दा मुनिकाले मात्रै सहभागीता जनाउन पाउने छन् ।
खेलकुद सप्ताहमा फुटबल बाहेक हरेक चार विधाका खेलहरुमा प्रत्यक विद्यालयबाट दुई जना छात्र छात्रा आउनेछन् । प्रतियोगिताका विजेताले मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन् ।