भारतको हिमाञ्चल प्रदेशमा लामा भाषा पढाउने भन्दै लैजान लागिएका २० बालबालीकाको उद्धार

२६ पुष २०७४, बुधबार ०८:१९

देवी कृष्ण अधिकारी

पुस २६, जुम्ला ।

जिल्ला प्रहरी कार्यालय जुम्लाले भारतको हिमाञ्चल प्रदेशमा लामा भाषा पढाउने भन्दै बसमा लैजादै गरेको अवस्थामा २० बालबालिकाको उद्धार गरेको छ ।


बालबालिकाले खचाखच भरिएको बसलाई प्रहरीले चेकजाँच गर्दा भारततिर लैजाने कुनै आधार नभेटिएपछि नियन्त्रणमा लिएर बालबालिकाको उद्धार गरेको हो ।लामा भाषा पढाईदिने भनेर अभिभावकलाई ढुक्क बनाएर उनीहरुले बालबालिकालाई भारत लैजान लागेको अवस्थामा बसलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक चुडामणी पुनले बताउनुभयो ।

उद्धार गरिएका बालबालिका ९ देखि १३ वर्ष उमेर समूहका छन । जिल्लाको पातारासी गाउँपालिकाका खसक्षेत्रीका बालबालिकालाई ललाई फकाई लगिएको र लिने कुनै आधार नभएकाले प्रहरीले दुई जना लामालाई पक्राउ गरेको छ ।उद्धार गरिएका बालबालीबाहरुलाई जुम्लाको होटल मानसरोवरमा राखिएको छ ।