रुपन्देहीको तिलोत्तमामा व्यापार मेला शुरु

२६ पुष २०७४, बुधबार ०६:२८

तेजेन्द्र के.सी.
२६ पुस, बुटवल ।
रुपन्देहीको तिलोत्तमा व्यापार संघको आयोजनामा तिलोत्तमा नगरपालिका ५ मणिग्राममा व्यापार मेला शुरु भएको छ । व्यवसायीक दक्षता अभिबृद्धि र स्वरोजगारः समृद्धि आर्थिक विकासका निम्ती व्यापार मेला भन्ने नाराका साथ हुन लागेको मेला आजदेखि माघ ९ गते सम्म चल्नेछ ।

उद्योग, व्यापार, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यको क्षेत्रमा गुणात्मक विकास गर्दै देशभित्र तथा अन्तर्राष्टिय स्तरमा समेत यस क्षेत्रको उत्पादन, व्यापार र सेवालाई निकासी गर्ने उद्देश्यले मेला आयोजना गरिएको आयोजक संस्था तिलोत्तमा व्यापार संघले मंगलबार आज पत्रकार सम्मेलन गरी जानाकारी दिएको थियो ।

३ लाख दर्शक र १० करोड बराबरको कारोबार हुने लक्ष्यका साथ आयोजना गरिएको मेलामा विभिन्न खेलकुदका कार्यक्रमहरुको समेत आयोजना गरिएको संघका अध्यक्ष जेपी कंडेलले जानाकारी दिए । स्थानिय उत्पादनको बजारीकरणमा टेवा पुग्दै क्रेता र विक्रेता बीचको सम्बन्धनलाई मेलाले सहयोग पुराउने विश्वास अध्यक्ष कंडेलको छ । पर्यटकिय क्षेत्रको चिनारीको प्रदर्शन, बहुप्रतिक्षित कालिगण्डकी डाईर्भसनको डेमो मेलाको मुख्य आर्कषकको रुपमा रहने अध्यक्ष कंडेलले बताउनुभयो ।

प्रवेश द्धारमा धार्मिक सहिष्णुता
बुधबारदेखी सुरु हुने मेलाको मुख्य प्रवेश द्धार नै आर्कषितको रुपमा रहेको छ । ४ लाखको लागतमा बनेको प्रवेशद्धार झायप्प हेर्दा कोमल फुल आकृतीमा देखिन्छ । तर यसको बास्तविकता भने अर्कै रहेको आयोजक बताउँछ । प्रवेश द्धारमा चार धर्मलाई समेटिएर प्रवेशद्धार बनाइएको छ । हिन्दु, मुस्लिम, क्रियश्चियन र बौद्धिष्ट धर्मलाई समेटेर प्रवेश द्धार निर्माण गरिएको अध्यक्ष कंडेलको भनाई छ । यसले सम्पुर्ण धर्महरुबीचमा धार्मिक स्वयषणता कायम रहने विश्वास गरिएको छ ।

मेलाका आर्कषण

मेलामा स्वदेशी तथा विदेशी स्टलहरुको सहभागिता, अटो तथा आईटी प्रदर्शनीको आयोजना गरिएको छ । कलातर्फ गायन प्रतियोगिता, डान्स आईडिल प्रतियोगिता, दोहोरी हुने बताइएको छ । पर्यटकीय क्षेत्रको भ्रमणका लागि हेलिकप्टर टुर प्याकेजको समेत व्यवस्था आयोजकले गराएको छ । मेलामा अन्तरविद्यालय लोक नृत्य प्रयिोगिता, कुस्ति पदर्शनी र भलिबल प्रतियोगिताको समेत आयोजना गरिएको छ ।यस्तै मेला अवधीभर विभिन्न विषय सम्बन्धी गोष्ठीको आयोजना गरिएको छ । यसले यस क्षेत्रको आर्थिक, सामाजिक एवं कृषि र पर्यटन क्षेत्रको सम्भावना बारे आम उपभोत्ताहरुलाई दर्साउने बाइएको छ ।

मेला आयोजना गर्नुका उद्देश्य
मेलाले यस क्षेत्रको व्यापाकि तथा पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्य लिइएको छ । स्थानिय बस्तुहरुको बजार प्रबद्र्धन र गुणात्मक विकास, नयाँ प्रविधि तथा उपकरणका बारेमा जानाकारी दिने मेलाको उद्देश्य रहेको अध्यक्ष कंडेलले पत्रकार सम्मेलनमा बताउनुभयो । उहाँले मेलामा लगानीका अवसरहरुको सिर्जना, कृषिलाई व्यवसायीक आधुनिकिकरण तर्फ उन्मुख गराउने र ग्रामिण बजार विस्तार तथा प्रबद्र्धनमा टेवा पुग्ने उहाँले बताउनुभयो । मेलामा लोपउन्मुख स्थानिय कला र साहित्यको समेत आयोजना गरिएको उहाँको भनाई छ । त्यसैगरी महिला, लघु उद्यमीलाई आफ्नो उत्पादन बजार सम्म पुराउने प्रोसाहन मेलाले गर्ने उहाँले बताउनुभयो । मेलामा प्रवेशका लागि साधारण तर्फ ५० र विद्यार्थी, अशक्ति, जेष्ठ नागरिकका लागि ३० रुपैया कायम गरिएको छ ।