फोरजी नेटवर्कमा तीन कम्पनीको चासो

२५ पुष २०७४, मंगलवार ११:०५

पुस २५, काठमडौं ।
देशैभर चौँथो पुस्ताको फोरजीको पहुँच पु¥यान विस्तर गर्न लागेको एलटीई कोर नेटवर्कमा तीन कम्पनीले चासो देखाएका छन् ।
टेलिकमले सोमबार खोलेको बोलपत्रमा सिङगपुरका एक र चीनका दुई कम्पनीले आवेदन दिएका हुन् । सिङगपुरको मभिनिरले नेटवर्क विस्तारका लागि दुई करोड दस लाख अमेरिकी डलर प्रस्ताव गरेको छ ।


चीनको दुरसञ्चार उपकरण निर्माण कम्पनी हुवावेले दुई ओटा आवेदन पेस गरेको छ । कम्पनीले तीन करोड ८० लाख डलर र नौ लाख ९० डलरका विकल्पसहितको आवेदन दिएको हो । त्यस्तै अर्को चीनीयाँ कम्पनी जेडटीईले एक कारोड ५३ लाख डलरको आवेदन पेश गरेको छ । नेपाल टेलिकमले एक करोड जीएसएम लाइन विस्तार गरेको ६ वर्षपछि पहिलो पटक एलटिई नेटवर्क विस्तार गर्न लागेको हो । यो नेटवर्क विस्तारपछि ९० लाखभन्दा बढी फोरजी ग्राहक थप हुने कम्पनीले जनाएको छ ।