वरिष्ठ चिकित्सक प्रा. डा.गोविन्द केसीसँग अदालतले लियो बयान

२५ पुष २०७४, मंगलवार १०:४८

पुस २५, काठमाडौ । सर्वोच्च अदालतले आफ्नो अवहेलना मुद्दामा वरिष्ठ चिकित्सक प्रा. डा.गोविन्द केसीसँग मंगलबार बयान लिएको छ ।

अवहेलना मुद्दामा पक्राउ गरी मंगलबार बिहान अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई सोमबार आदेश दिइएपछि उनलाई उपस्थित गराइएको हो । बयान सकिएपछि न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशमा सुनुवाइ हुनेछ । प्रा।डा।केसीका पक्षबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र दिनेश त्रिपाठी तथा अधिवक्ता सुरेन्द्र भण्डारी र लेखनाथ न्यौपानेले बहस गर्दैछन् । बयानका क्रममा प्रा।डा।केसीले अदालतमा सन्चारमाध्यममा आफूले दिएका अभिव्यक्तिका आधारमा अदालतको अवहेलना भन्न नमिल्ने जिकिर गरे ।

प्रा।डा।केसीले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका डीनमा प्रा।डा।शशि शर्मालाई पुनःबहाली गराउने अदालतको आइतबारको फैसलाको विरोधमा प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गरी अनशन सुरु गरेका थिए ।उनलाई सोमबार साँझ अनशनस्थल त्रिवि शिक्षण अस्पतालबाट प्रहरीले पक्राउ गरी हिरासतमा राखेको राससले समाचार लेखेको छ ।