चिसोले बनायो प्राकृतिक कला

२५ पुष २०७४, मंगलवार ०९:३२

पुस २५, काठमाडौ ।
केही दिनदेखि देशभर चिसो बढेको भछ । प्रायः वर्षेनी हिउँ पर्ने मकवानपुरको थाहानगरका दामन, पालुङ र सीमभञ्ज्याङमा जाडो निकै छ ।

त्यस क्षेत्रमा तलाउ, पोखरी र इनारको पानी जम्नु त सामान्य नै हो
बगिरहेको साना कुलो र धाराबाट झरिरहेको पानीसमेत जम्ने गरेको छन् । जमेका पानीले बिरुवामा बनाएका संरचना हेर्दा मनै प्रफेुल्ल हुन्छ । झट्ट हेर्दा सिसाले बनाइएका सामाग्री जस्ता देखिन्छन् । तर, यो कुनै मानविय कला नभएर चिसोका कारण स्वतः बनेका कलात्मक आकृति हुन् ।