डा.केसिको पक्राउप्रति नेपाल चिकित्सक संघको आपती

२५ पुष २०७४, मंगलवार ०८:५२

पुष २५ ,काठमाण्डौं ।
डाक्टर गोविन्द केसीलाई अस्पताल परिसरवाट नै हिरासतमा लिएको भन्ँदै नेपाल चिकित्सक संघले आपती जनाएको छ ।

आफ्नो आजीवन सदस्य एवं त्रिवि शिक्षण अस्पताल महाराजगन्जका प्रा.डा.केसीको पक्राउप्रति स्तब्ध भएको भन्दै संघका महासचिव डा. लोचन कार्कीले मंगलबार निकालेको विज्ञप्तिमा अस्पताल परिसरभित्रबाटै पक्राउ गरिएकामा दुःख व्यक्त गरिएको छ । डा. केसीले गरेको सत्याग्रहकै फलस्वरुप चिकित्साशिक्षा र स्वास्थ्य क्षेत्रमा सर्वसाधारणको सहज पहुँच, गुणस्तरीयता र जनसरोकारका विषयमा उल्लेखनीय प्रगति हासिल भएको पनि संघले स्मरण गराएको छ ।