चिसोले चारको मृत्यु

२५ पुष २०७४, मंगलवार ०८:००

पुस २५, काठमाडौं ।
पर्साको बहुदरमाई नगरपालिका–४ बहुअरी पिडारीमा चिसोको कारण एक वृद्धको मृत्यु भएको छ । स्थानीय ७० वर्षीय इसा मियाको उनकै घरमा जाडोले कठ्याङग्रीएर मृत्यु भएको हो ।
यसैबीच सप्तरीको हनुमाननगर कंकलिनी नगरपालिका–१ मा एक बालिकाको मृत्यु भएको छ ।स्थानीय गुल्डेन मण्डलकी ६ महिनाकी छारी पार्वती मण्डलको चिसोको कारण मृत्यु भएको हो ।


बालिका निमोनियाको बिरामी रहेको बताइएको छ । यस्र्त सप्तरीकै तिरहुत गाउँपालिका–१ बस्ने ६० वर्षीया भटानीदेवी यादवको पनि मृत्यु भएको छ ।
सप्तरीमै खडक नगरपालिका–७ बस्ने ६४ वर्षीय प्रेम बहादुर माझीको पनि आफ्नै घरमा सुतिरहेको अवस्थामा चिसोकै कारण मृत्यु भएको छ ।