अनशनरत डा. केसीको पक्राउप्रति प्रधानमन्त्री देउबाको आपत्ति

२५ पुष २०७४, मंगलवार ०३:३९
deuba, breaking news from nepal

पुस २५, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अनशनरत डा. गोविन्द केसीलाई विना जानकारी प्रहरीले पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन् ।  गृह मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका देउवाले आफूलाई कुनै जानकारी नगराई पक्राउ गरेको विषयमा आफ्नो असहमति रहेको बताए ।

deuba, breaking news from nepal

‘मैले केसी पक्राउ परेको कुरा समाचार हेरेर थाहा पाएँ । उहाँलाई पक्राउ गर्न जाँदा कसलाई सोधेर प्रहरी गयो ? यसमा मेरो असहमति छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले देउवाको भनार्इ उद्धृत गर्दै भने, ‘केसी कुनै अपराधी होइनन्, रातारात पक्राउ गर्नु पर्ने कारण थिएन ।’
–नयाँपत्रिका