चिसो बढेसँगै गढीमाई साझेदारीले दाउरा बाँड्दै

२४ पुष २०७४, सोमबार १०:१५

श्याम गुप्ता
पुस २४ बारा । 
बाराको पथलैया स्थित श्री गढीमाई साझेदारी वन व्यवस्थापन समूँहले आफ्नों क्षेत्रमा पर्ने विभिन्न १५ वटा गाउँमा दाउरा वितरण गरेको छ ।

 

शितलहर र हुस्सुका कारण सर्वसाधारणको जनजिवनमा प्रतिकुल असर हुँन थाले पछि साझेदारीले यस क्षेत्रको हरेक गाउँ सहरको चोक चोकमा आगो ताप्नका लागि दउरा वितरण गरेको हो । समितिका अध्यक्ष सहिँत अन्यपदाधिकारीको टोलीले आँफै गाउँ गाउँमा पुगेर हरेक चोक चोकमा आगो ताप्न दाउरा वितरण गरेका छन् । विगतका दिनमा जीतपुर , नितनपुर , विश्रामपुर लगायतका स्थानामा दाउरा वितरण गरेको यस साझेदारीले ४० क्वीनटल दाउरा वितरण गरेको हो ।

साझेदारीले बाराको जीतपुर , छातापिपरा , खुट्वाप्रसैनि , बुनियाद , भलुहिभरवलिया , नितनपुर लगायतका विभिन्न चोक चौराहामा धुनि बाल्न दाउरा वितरण गरेको समितिका अध्यक्ष गणेशप्रसाद साहले बताए । व्यक्तिलाई दिदा निजी प्रयोगमा बढि ल्याउँने हुँदा आँफै गाउँ गाउँमा पुगेर दाउरा वितरण गर्नु परेको साहले बताए । उनले कार्यालयमा आएर माँग गर्दा समेत आँफुले सहजै तरीकाले नि ः शुल्क धुनि बाल्न दाउरा उपलव्ध गराउँदै आएको समेत बताए ।

यता केहि साता देखि मध्य तराई लगायत बारामा बढेको चिसो र शितलहरका कारण  जनजिवन प्रभावित भए पछि  जिल्ला वन कार्यालय बाराले हाल सम्म ५० चट्टा दाउरा वितरण गरेको छ । मधेशमा शितलहरका करण जनजिवन अस्तव्यत बनेको बेला विभागीय निर्देशन अनुसार जिल्ला दैविक प्रकोप उद्वार समितिले हरेक गाँउपालिकालाई १ , नगरपालिका र उप महानगरपालिकालाई डेढ चट््टाका दरले दाउरा दिने भन्ने गरेको निर्णय अनुसार हाल सम्म ५० चट्टा दाउरा वितरण गरिएको जिल्ला वन कार्यलय बाराका प्रमुख भैरव प्रसाद घिमिरेले बताए ।

सामुदायिक तथा साझेदारी वनवाट ल्याएर गरिब , विपन्नहरुलाई आगो ताप्न दाउरा वितरण गर्ने गरेको र घना वस्ती तथा सरकारी कार्यालयहरु धेरै भएका कलैया लगायत अन्य ठाँउमा माँग अनुसार पुन ः दाउरा उपलव्ध गराउँने जिल्ला वन कार्यालय बाराले जनाएको छ ।  बारामा माझी , मुसहर , डोमका साथै अर्थिक रुपमा विपन्न समुदाय चिसोबाट बढि प्रभावित बनेका छन् ।