![](http://aayokhabar.com/wp-content/uploads/2018/01/Simara-GoldCup-Press-Meet-22-Push-2074-1.jpg)
श्याम गुप्ता
पुस २३ बारा ।
मोफसल कै सर्वाधिक लोकप्रिय फुटवल प्रतियोगिता रुस्लान सिमरा गोल्डकपको नवौं संस्करण आगामी माघ २५ गतेबाट आयोजना हुँने भएको छ ।
आयोजक नवजनजागृती यूवा क्लबले शनिवार सिमरामा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिता बारे जानकारी गराएको हो । फागुन ४ गते सम्म सञ्चालन हुँने प्रतियोगितामा साविक विजेता संकटा क्लब र दुई विभागिय सहिँत १० टिमको सहभागिता रहँने आयोजक क्लबका अध्यक्ष कासिम मियाँले जानकारी दिए । प्रतियोगितामा संकटा सहिँत थ्रि–स्टार क्लब , मनाङ्ग मस्र्याङ्गदी क्लब , जावलाखेल युथ क्लब , सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब , नेपाल आर्मीको त्रिभुवन आर्मी क्लब , सहारा क्लब पोखरा , रुपन्देही ११ , झापा ११ , हेटौंडा ११ , बिरगंज युनाईटेड क्लब बिरगंज र आयोजक नवजनजागृती यूवा क्लब सिमराको सहभागिता रहँने आयोजकले जनाएको छ ।
विजय डिष्टिलरीको मूख्य प्रयोजनमा सञ्चालन हुँने रुस्लान नवौं सिमरा गोल्डकपको विजेताले पाँच लाख ५१ हजार र उपविजेताले दुई लाख पचास हजार रुपैंयाँ पुरस्कार प्राप्त गर्ने छन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाईकल र प्रतियोगिता अवधि भर उत्कृष्ट प्रदर्शन गर्ने गोल रक्षक , डिफेन्डर , मिड फिल्ड , फरवार्ड , प्रशिक्षक र हाईस्कोररले जनही १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष कासिम मियाँले बताए ।
यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचलाई पाँच हजार रुपैंयाँ नगद पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ ।
प्रतियोगिता आयोजनाका लागि विभिन्न समिति तथा उपसमितिहरु गठन गरेर तयारी तिव्र बनाईएको जानकारी दिंदै क्लबका अध्यक्ष मियाँले प्रतियोगिता आयोजना हुँने सिमरा रङ्गशालामा यस पटक पाँच हजार दर्शकले प्याराफिटमा बसेर खेल हेर्न सक्ने व्यवस्था मिलाईएको जानकारी दिए । पत्रकार सम्मेलनमा क्लबका उपाध्यक्ष दुर्गाबहादुर थापा , सचिव श्याम सुवेदी , सद्स्यहरु राजदास श्रेष्ठ , सरोज भट्ट लगायतको उपस्थिती रहेको थियो ।