पौष २३, कञ्चनपुर ।
कञ्चनपुरको उत्तरी चुरे क्षेत्रमा पर्ने भम्केनीधाम मा राष्ट्रभक्ति जागरण महानुष्ठान ज्ञान महायज्ञ हुने भएको छ ।
महाकाली शारदापीठ जगदगुरु आश्रम भम्केनी धामको आयोजनामा भम्केनीमा माघको तेस्रो सातादेखि महायज्ञ हुने भएको हो ।
जगतगुरु श्रीबालसन्त मोहनहरण देवाचार्य महाराजको २०७२ साल बैसाख ५ गते वाट सुरुभएको मुलुकमा ७५ वटै जिल्ला पैदल यात्रा गरी भम्केनी धाममा अष्ट धातुको ७५ फिट अग्लो नेपाल आमाको मुर्ति निर्माणार्थ राष्ट्रशान्तिका लागि आयोजना गरिएको पैदल यात्राको स्वागत एव धार्मिक पर्यटकिय विकासका लागि महायज्ञ संचालन हुने आयोजकले जनाएको छ ।
भम्केनी धामलाई धार्मिक रुपमा विकासका साथै धार्मिक पर्यटक एव धर्म सस्कृतिका लागि महायज्ञ आयोजना गरिएको जनाईएको छत । महायज्ञमा योग विज्ञान शिबिर, पुजापाठ, श्रीमद्भागवत कथा प्रवचन, पौराणिक वाङमयम वर्णित, भजन र्कितन गरिने छन । महायज्ञ माघ २२ देखी फागुन ३ गतेसम्म संचालन हुने छ । १२ दिन सम्म चल्ने महायज्ञमा नेपाल तथा भारतका ख्याति प्राप्त सन्त महासन्तले प्रवचन गर्ने छन ।