फूलमायाले किन कुटिन् डाक्टर झालाई ?

२१ पुष २०७४, शुक्रबार १०:५१

पौष २१, संखुवासभा ।

संखुवासभाको खाँदबारी अस्पतालमा स्टाफ नर्स र अस्पताल प्रमुखबीच कुटाकुट भएको छ । अस्पतालका प्रमुख डाक्टर बिनितकुमार झालाई स्टाफ नर्स फूलमाया तामाङले हातपात गरेपछि दुई जनाबीच कुटाकुट भएको एक कर्मचारीले जानकारी दिए ।

अस्पताल प्रमुख डा. झाले “काममा किन नजानुभएको भनेर सोधेपछि” स्टाफ नर्स तामाङले, “तँ को होस् र  ? तँ जस्ता कति आए कति गए” मलाई फरक पर्दैन भन्दै आक्रमणमा उत्रिएको ती कर्मचारीले बताए । स्टाफ नर्स तामाङलाई ३ दिनअघि काममा जान भनेको र आज पनि भेटेरै काममा जान अनुरोध गरेको डा. झाले बताए । बिहान ११ बजे झगडा भएपछि अस्पतालका सबै स्वास्थ्यकर्मी जिल्ला जनस्वास्थ्य कार्यालयमा वार्तामा गएकाले अस्पतालको सेवा ठप्प भएको छ ।