सहायक रथी विष्ट सैनिक हिरासतमा

२१ पुष २०७४, शुक्रबार १०:०३

पुस २१, काठमाडौं ।
बैंकिङ कसुर लागेका नेपाली सेनाका सहायक रथी डा. रमेश विष्टलाई सैनिक हिरासतमा राखिएको छ । डा. विष्टलाई उपत्यका पृतना कार्यालय नाराणहिटी राखेर सेनाले कोर्ट मार्सल शुरु गरेको हो ।

कृषि विकास बैंकको रकम हिनामिना प्रकरणमा सहायक रथी विष्ट पनि मुछिएका थिए । न्युरोड शाखाबाट हिनामिना गरिएको करिब पाँच करोडमध्य ३३ लाख सहायक रथी बिष्टको बैंक खातामा पाईएपछि उनीमाथि अनुसन्धान शुरु भएको सैनिक मुख्यालयले जानकारी दिएको छ ।

बंैकको न्युरोडस्थित शाखा कार्यालयबाट चार करोड ९१ लाख हिनामिना भएको थियो । प्रहरीका अनुसार घट्नाका मुख्य योजनाकार सहायक टेलर दीपिका रेग्मी हुन् । उनको मायाजालमा फसेर डा. बिष्टले उक्त रकम आफ्नो खातामा राख्न दिएका थिए ।