प्रदेश नम्बर–५ को राजधानी कपिलवस्तु नै हुनुपर्ने माग गर्दै आन्दोलन

२० पुष २०७४, बिहीबार १०:०२

पुस २०, कपिलवस्तु ।

कपिलवस्तुमा पनि प्रदेश नम्बर–५ को राजधानी कपिलवस्तु नै हुनुपर्ने माग गर्दै स्थानीयले आन्दोलन शुरु गरेको छन् ।

प्रदेशको अस्थायी राजधानी कपिलवस्तुमा तोक्न माग गर्दै आन्दोलन थालिएको पत्रकार शम्भू मालीले जनाएका छन् । आन्दोलन अन्र्तगत बिहीबार सदरमुकाम तौलिहवामा दुई घन्टा चक्काजाम गरियो भने बिहान ११ देखि अपराह्न १ बजेसम्म तौलिहवाको प्रशासनचोक, आन्दोलनचोक र गौडीचोकमा चक्काचाम गरिएको हो । गौतमबुद्धसँग सम्बन्धित १०० भन्दा बढी स्थल भएकाले कपिलवस्तुमा प्रदेश–५ को राजधानी बनाउनुपर्ने एमाले स्थानीय नेता रउफ अहमद खाँको धारणा रहेको छ ।