मन्जिल कन्दङ्वा
पुस २०, काठमाडौं ।
काठमाडौंको छिमेकी जिल्ला सिन्धुपालचोकमा तीनदिनदेखि सुतकेरी व्यथाले छट्पटाईरहेकी थिइन्, इन्द्रावति गाउँपालिका–९ की ३१ वर्षीय सन्तमाया तामाङ ।
आर्थिक अभावकै कारण अस्पताल लान नसकेर घरमै रहेकि तामाङलाई ‘घर आँगन नेपाल’का अध्यक्ष दीपक सिलवालले हेलिकप्टरबाट काठमाडौं ल्याए र नेपाल मेडिकल कलेज जोरपाटीमा भर्ना गराए ।
लगतै सन्तमायाले एक छोराको जन्म दिइन् ।
गर्भ प्रक्रिया ढिला भएकै कारण बच्चालाई चिसो लागेका कारण र्आईसियुमा राखे पनि अहिले आमा र छोराकै अवस्था सामान्य रहेको सिलवालले बताए ।
हवाई सेवाको कुल लागत र अस्पताल सेवाको २५% सिलवाल आफँले बेहोर्ने छन् भने बाँकी वरिष्ट स्त्री रोग विशेषज्ञ डा. भोला रिजालकोे पहलमा अस्पतालको सेवा शुल्क ७५% छुट भएको पनि उनले बताए ।
“आमा बन्दाको पिडा त केवल जन्म दिने आमाहरुलाई मात्रै थाहा हुन्छ, अरुले त केवल महसुस गर्ने मात्रै न हो । नेपाल सरकारले आम जनताहरुलाई आधारभूत स्वास्थय सेवा प्रदान गर्न नस्कदा आज आमनेपालीहरुको ज्यान जोखिममा परेको छ ।
विकासोन्मुख राष्ट्र नेपालले विकासका कार्यहरुलाई कछुवाको गतिमा बढाउँदै गर्दा आम नेपाली नागरिकहरु पिँजडाका चरीहरु झैँ विभिन्न सास्ति खेप्न बाध्य छन् ।आधुनिक सेवा–सुविधाहरु त सम्पन्न परिवारहरुले मात्रै उपभोग गर्न सक्छन् ।” हो ! यस्तैभन्दा अनुउपयुक्त नहोला हालैको यस घट्नाको सन्दर्भमा । नेपालमा वर्षेनी कयौँ विवाहित युवतीहरु आमा बन्छन् । सहर बजार र आसपासमा त सुतकेरीहरुले सहजैरुपमा अस्पतालमा सेवा पाउँछन् । नेपालमा पनि सुत्केरी सेवालाई सहज बनाउँन र आमा र नव शिशुको राम्रो स्वास्थ्यको लागि विभिन्न आधुनिक उपकरणहरु भित्र्याइएको छ”
“यसअघि पनि ‘घर आँगन नेपाल’ संस्थाले सिन्धुपालचोक जिल्लामा उपचार सेवा प्रदान गरेकाले संस्थालाई फोन आएको ,” उनले बताए । संस्थाको आर्थिक समस्याको बाजुद पनि उनले पिडितलाई उद्दार समाजसेवामा निरन्तर लाग्दै आएका सिलवालले मानव सेवामै आफ्नो सम्पूर्ण सम्पती खर्चेको पनि बताए । यस्ता विभिन्न समस्याको बाबजुद पनि मानव सेवा प्रदान गर्ने दिपकलाई सलाम !