खुलेआम जुवा खेलाउने विराटनगरका व्यापारी अझै पक्राउ परेनन्

२० पुष २०७४, बिहीबार ०६:२८
दिनेश खड्का
पुष २०, विराटनगर ।
न्यु ईयरमा सांस्कृतिक कार्यक्रम गराउने स्वीकृति लिएर विराटनगरमा अवैध जुवा तास संचालन गराएका विराटनगरका आधा दर्जन भन्दा वढी व्यापारीलाई प्रहरी हालसम्म प्रक्राउ गर्न सकेको छैन् ।
सास्कृतिक कार्यक्रम गराउने स्वृकितीमा विराटनगरको अतिथि सदनमा दुई दिन (आईतवार र सोमवार) जुवा संचालन गर्ने ति व्यापारीहरुलाई तिन दिनवितिसक्दा पनि प्रहरीले अझैसम्म पक्राउ गर्न सकेको छैन् । उक्त कार्यक्रम आयोजना गर्नेमा व्यापरीक घरनाका सुभम दुगड, सौरभ अग्रवाल र अभिषेक वेद्य रहेका छन् । र कार्यक्रम भित्र पनि स्टल लगाएर जुवा खेलाउनेमा विराटनगरका सुभकामन फेस्सी स्टोरका संचालक आयु्श अग्रवाल, राठी क्यागुअल ग्लासका संचालक रोहित राठी, हार्डवेयर संचालक अभिषेक केडिया, व्यापारीक पुष्ठभुमिका नरेश वायति, मनोज मुण्दडा, हेमन्थ अग्रवाल रहेका छन् ।
दुईदिनसम्म भएको जुवा तासमा किरव २० लाख भन्दा वढीको संचालकलाई फाईदा भएको स्रोतको दावी छ । संचारकर्मीले प्रहरीलाई दिएको सुचना अनुसार कार्यक्रमको अन्तिम दिन (सोमवार राति) उक्त कार्यक्रममा छापा मारेको थियो । छापा मार्दा उक्त हाताभित्र खाली रहेको जुवाको खालहरु र हौजीको टिकट वरामद गरेको थियो । जुवा संचालनमा आएको यथेष्ठ प्रमाण भएपनि प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गरेको छैन् ।