बिक्कीको ‘तिम्रै लागी’ सार्वजनिक

२० पुष २०७४, बिहीबार ०५:२२

पुस २०, काठमाडौं । ‘तिम्रै लागी’ बोलको गीतको म्युजिक भिडियो युटुबमा सार्बजनिक भएको छ। बिक्की श्रेष्ठको शब्द, संगीत र स्वर रहेको उक्त म्युजिक भिडीयोलाई जिबन रसाइलीले निर्देशन गरेका हुन् भने छायांकन र सम्पादन पनि रसाइलीकै रहेको छ।

प्रेम र बिछोडको कथा समेटिएको यो गीतमा बिक्की श्रेष्ठ र रुसा कर्माचार्यको अभिनय देख्न सकिन्छ। यो गीत अष्ट्रेलियामा छायांकन गरिएको हो।