पदीय भागबन्डाले एमाले र माओवादी केन्द्रबीचको एकीकरणलाई असर नपार्ने भुसालको दाबी

१९ पुष २०७४, बुधबार ११:११

पुस १९, भक्तपुर।

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले पदीय भागबन्डाले नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकीकरणलाई कुनै असर नपार्ने दाबी गरेकी छन् ।

बुधबार रफत सन्चार क्लब भक्तपुरमा आयोजित साक्षात्कारमा भुसालले दुई पार्टीका अध्यक्षबीच भएको सहमति र पार्टी एकता संयोजन समितिको संवादअनुरुप नै पार्टी एकता छिट्टै हुने र पदीय भागबन्डाले एकतामा असर नपर्ने बताइन् । उनले एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणपश्चात कसले सरकारको नेतृत्व गर्ने भन्ने विषय गौण हुने पनि बताइन् । एमाले अध्यक्ष केपी ओली केही अस्वस्थ हुँदा एकताको छलफलमा ढिलाइ भएको भन्दै उनले ओली स्वस्थ्य भएसँगै पार्टी एकीकरणले तीव्रता पाउने उल्लेख गरिन् ।