निर्माण सामग्रीको अभावले भूकम्पपीडित समस्यामा

१९ पुष २०७४, बुधबार ०४:०७

पुस १९, सिन्धुली । जिल्लाका भूकम्पपीडित निर्माण सामग्री अभावका कारण समस्यामा परेका छन् ।  हार्डवयरदेखि स्थानीय कच्चा निर्माण सामग्रीको अभावमा भूकम्पपीडितले हैरानी खेप्नु परेको छ ।


पुस मसान्त नजिकिदै गर्दा भूकम्पपीडित निर्माण सामग्रीको खोजीमा हार्डवयर पसलमा सिमेन्ट, छडका लागि धाउँदै आएका छन् । ढुंगा, बालुवा, गिट्टी लगायतका सामग्रीको कृत्रिम अभाव भएको छ । कृत्रिम अभाव भएसँगै मूल्यसमेत देब्बर बनाइदा भूकम्पपीडितले दोहोरो समस्या झेन्दै आएका छन् । छड र सिमेन्ट नपाउँदा समस्या भएको कमलामाई नगरपालिका ४ का खम्बबहादुर ढकालले बताए । जिल्लामा यस अघि प्रतिबोरा सात सयदेखि आठ सय सम्म पर्ने सिमेन्टको मूल्य बढेर ९६० देखि एक हजार पुगेको छ । भनेको समयमा निर्माण सामग्री नपाउँदा भूकम्पपीडित भौतारिएर बयिर्दबाससम्म पुग्ने गरेका छन् ।

यस्तै दुई घनमिटर ढुंगा, बालुवा एक हजार ६०० मा खरिद गर्दै आएका भूकम्पपीडित अहिले दुई हजार पाँच सय देखि तीन हजारमा खरिद गर्न बाध्य छन् । तीन हजारमा खरिद गर्ने गिट्टीको मूद्यय आकाशिएर सात हजारसम्म पुगेको छ । स्थानीय कच्चा सामग्रीको कृत्रिम अभाव गराई मूल्य वृद्धि गर्न थालेपछि जिल्लाका भूकम्पपीडितले बर्दिवासबाट प्रतिटिप्पर ढंगा १२ हजार, बालुवा ११ हजार र गिट्टी १८ हजारमा खरिद गर्न थालेका छन् । मूल्य वृद्धि दोब्बर भए पनि नियमन निकायले कुने चासो दिएको छैन् ।   हार्डवयर सञ्चालकले भने कम्पनीले नै मूल्य वृद्धि गरेका कारण आफुहरुले मूल्य बढाउनु परेको बताउका छन् । सिमेन्ट, छडको मूल्य अझै बढ्ने सञ्चालकको भनाई छ । भारतबाट आवश्यक कच्चा पदार्थ आयात नहुदाँ मूल्य वृद्धि भएकोउनीहरुले बताएका छन् । –प्रभाव दैनिक