दलाल पुँजीवादीहरु जवसम्म हावी रहन्छन्

१८ पुष २०७४, मंगलवार १४:०५

 

                                                                                                   

                                                                                                                             हेम बहादुर खड्का (राज)

“वर्गिय मुक्ती आन्दोलनको बटमलाईन बन्ने र बनाउने अपील

जनता माझबाट गर्न सक्नुपर्दछ ।”

संविधान सभाको चुनावमा, विगतमा विभिन्न अभियोगमा परेका व्यक्तिहरु उम्मेद्वारीमा अगाडी सारिएको गतिविधि देखा परेको छ, यदि यस्ता चरित्रहिन, राष्ट्रघाती, अपराधिलाई देशको संविधान सभाको प्रतिनीधिको शिफारिस गरिन्छ भने, त्यस्ता गतिविधि विरुद्ध नैतिक, सामाजिक र भौतिक प्रतिकारमा समेत पछि नहट्ने साहास अब जनतामा चाहिएको छ ।   नेपालीहरुलाई जनता र प्रजाको नाम दिएर ब्रम्हलुट गर्ने स्वघोषित राजनेता र जननेताको सम्पत्ती छानविन गरि राष्ट्रीयकरण गर्नुपर्दछ । यसको पहल सम्बन्धीत निकायसंग सहकार्य गरि वर्गिय संघर्ष समिति बनाएर अघि बढ्ने नागरिक मञ्चको आवश्यक छ । यदि यि कारवाहीको प्रक्रियामा हस्तक्षेप र संरक्षण भएमा आम नेपाली जनसमुदाय सामु पु¥याई जनानिर्देशको माध्यमले आफ्ना गतिविधि गर्न सक्ने संघर्ष समिति बन्न सक्नुपर्छ ।

वर्गिय समानताको लागी सम्बन्धीत सबै पक्ष, नागरिक समाज, मानवअधिकार, बुद्धिजीवि, राष्ट्रसेवक, राष्ट्रवादी, प्रजातान्त्रीक शक्ति, गणतन्त्रबादी, प्रतिपक्ष, राष्ट्रसंघ, अन्तराष्ट्रिय संगठन र समूदायसंग टेबुल बस्ने, अन्तरक्रिया गर्न र स्पस्टीकरण दिन एक कदम पनि पछि नपर्ने राजनैतिक सचेतनाको अभिवृद्धि गर्नुपर्दछ । एक सांसद बन्न गरेको खर्च २० देखि ३० करोड छ, त्यसको श्रोत भर्ना कहाँबाट गर्लान ? के जनताले सोच्ने दिन आएको छैन ?   अहिले सम्म भएका कमिकमजोरीलाई सच्याउन र सच्चिन समेत जन–अपलि गर्ने, यथास्थीतिको धारबाट यथाक्रिया जारि भए, यहि विन्दुबाट विश्वमा वर्गिय समानताको लागि यहि विन्दुनै वर्गिय मुक्ती आन्दोलनको बटमलाईन बन्ने र बनाउने अपील जनता माझबाट गर्न सक्नुपर्दछ । यहाँ, फेरी नयाँ ख्रुस्चेभहरुको जन्म भईसकेको छ, राष्ट्र तहस नहस हुने पक्का छ, हिजो, जनताको मञ्चमा, पञ्चहरु बसेको मन परेको थिएन, मालिकको हलि मुक्ति बनाउने अभियानमा जनता लागे । मजदुरको आवज सिंहदरवार सम्म पु¥याउन दलानबाट बन्दुक झिकेर काँधमा बोक्ने साहास कलम चलाउनेहरुले दिए । यि अक्षरका ताकतले कयौं वीर सपुतहरु जन्माए । अनि बन्यो जनताको अदालत । जनअदालत ।।

 

गरीबीको जमातमा गरीबको एक भावनासँग अर्को भावाना साट्न सिके, अन्याय र अत्यचार विरुद्ध आफै डट्न सिके । अँ बन्यो त्यहाँ जनताको सरकार । जनसरकार ।। हो एक वर्गले अर्को वर्गका विरुद्ध प्रतिकार गरे, विद्रोह गरे, कसैले मानेन सिंहदरवारको फर्मान । किनकी मक्सद पूरा गर्नु थियो, दिनदहाड दलित माथी भएको दुर्रव्यवहारको न्याय, फिर्ता दिनु थियो हिंसामा परेकी एउटी महिलाको मुस्कान । निरीह र कमजोरहरुलाई सिकाउन थियो जुटाउन आत्माबल । हो यो अभियानमा ल्याउनु थियो कम्युनिस्ट गणतन्त्र । जनगणतन्त्र । शोषितले पड्काएका हरेक गोलीमा, सर्वहाराका बोली थिए, अँ दविएर बाँचेका जिउँदा लासहरुमा सलबलाउँदै थिए, नयाँ परिवर्तनका आशहरु । त्यसैले एक पिडित बनेको थियो, अर्को शोषितको मलहम …..हो त्यसैले चलाएको थिए, एक योद्धाले क्रान्तीकारी दिशामा उनको कलम ।

हो यसको फल उनले जेल पाए, फाँसी चढ्नु प¥र्यो, हो दलालहरु द्वारा मर्नु प¥र्यो के गर्नु थाहा थियो यो दिन आउँछ, मृत्युवरणको …..जवसम्म, अर्धसामन्ती व्यवस्थाको अबशेष रहन्छ, शोसकहरुको जरा बाँकी रहन्छ, भ्रष्टचार र तस्करहरुको प्रतिक्षालयको जग रहिरहरहन्छ, दलाल पुँजीवादीहरु जवसम्म हावी रहन्छन्, उसले उठाएको क्रान्ती र आन्दोलन अफ्ठेरोमा पर्छ, हो मुलुक र नागरिक अफ्ठेरोमा पर्छ उसले फेरी अरु सामु कमजोर भएर देखायो भने, त्यसैले उसले, सर्वहारा वर्गको वर्ग संघर्ष, विश्व सर्वाहारा वर्गको अन्तराष्ट्रवादसँगै जनवादी केन्द्रीयतालाई आत्मासाथ गर्दै जनमुक्ति आन्दोलनको अन्तिम युद्धमा होमिनु नै पर्छ । भन्नु पर्छ उसले फेरी क्रान्तीकारी लालसलाम ।।। –सहकार्य मासिक पत्रिका