मकवानपुर उद्योग वाणिज्य संघमा कटुवाल

१८ पुष २०७४, मंगलवार १३:५१

पुस १८, हेटौडा । मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्ण कटुवाल निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा कटुवाल एक हजार २६ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी महेन्द्र राउतले ८३१ मत प्राप्त गरे ।

निर्वाचनमा एक हजार ९९६ मतदाता सहभागि थिए ।  त्यसैगरी, वाणिज्य उपाध्यक्षमा कृष्ण गुप्ता अग्रवाल, एशोसिएट उपाध्यक्षमा गणेश भेटवाल र उद्योग उपाध्यक्षमा माधव न्यौपाने विजयी भएका छन् । वस्तुगत उपाध्यक्षमा रामप्रसाद न्यौपाने सर्वसम्मत भएका थिए ।