बिन लादेनको नाति मारिए

१८ पुष २०७४, मंगलवार १०:५८

पुस १८, पेरिस । (एजेन्सी)
कट्रपन्थी संगठन अल कायदाका एक जिहादीले ओसामा बिन लादेनका १२ बर्षी नाति ओसाम बिन हमजा बिन लादेनको हत्या भएको जानकारी दिएका छन.् ।


पाकिस्तान–अफ्गानिस्तान सिमामा भएको एक हवाई आक्रमणमा मारिएको बताइएको छ । उनका पिता हजमा बिन लादेनले आफ्ना परिवारलाई पठाएको पत्रमा उक्त मृत्यका विषयमा घोषणा गरिएको न्यु अरब वा अल अराबी अल जादिद न्युज डटकमले जनाएको छ ।
अलकायदाका अनलाइन प्रयोगकर्ताहरुबीच यस विषयमा पत्राचार भइरहेको जनाइएको छ ।