मध्य मश्चिमाञ्चलमाथि एपीएफको २६ गोल

१८ पुष २०७४, मंगलवार ०९:५९

पुस १८, काठमाडौ । (एजेन्सी)
राष्ट्रिय महिला च्यामपिनसिपअन्तर्गत त्रिभुवन आर्मी क्लबले पश्चिमाञ्ललाई १२–० गोल अन्तरले हराउँदा नेपाल एपिएफ क्लबले मध्य पश्चिमाञ्चललाई २६–० गोल अन्तरको जीत हात पारेको छ ।


सातदोबाटोको एन्फा कम्प्लेक्समा जारी महिला लिगको १६ औँ संस्करणमा एपिएफले पहिलो हाफमा १४ गोल र दाश्रो हाफमा १२ गोल गरेको थियो । जसमा सावित्रा भण्डारी एक्लैले १२ गोल गरेर कीर्तिमानीसमेत कायम राखिन् ।
त्यस्तै अनिता केसीले ५ र अञ्जली योञ्जनले ४ गोल गरे भने रेखा पौडेलले २ गोल गरेकी थिइन् ।