विराटनगरमा न्यु ईयरको नाममा खुलेआम जुवातास

१८ पुष २०७४, मंगलवार ०७:४०

पुष १८, विराटनगर ।

नया वर्षको पुर्वसन्ध्यामा विराटनगरमा खुलेआम जुवा तास चलिरहदा समेत मोरङ प्रहरीले साँधेको मौनता बुझिनसक्नुको छ ।

विराटनगरको मुख्यबजारमै रहेको अतिथि सदनमा आईतवार राती आयोजना भएको ‘न्यु ईयर लक्षित स्टार नाईट प्रोग्राममा’ खुलाआम जुवा तास संचालन भईरहदा समेत प्रहरीले कसैलाई नियन्त्रणमा लिनसकेन । उक्त कार्यक्रममा आयोजकले छुटै स्टल नै वनाएर कानुनद्धरा वर्जित गरिएको जुवा तास लगाएतका खेलहरु खेलाईदै थियो । उक्त घटनाको वारेमा संचारकर्मीहरुले मोरङका डिएसपी विश्वहरी कोईरालालाई जानकारी गराएपनि प्रहरीको टोली करिब डेढ घण्टा ढिलो घटनास्थलमा पुगेको थियो ।

 

 

सो डेढ घण्टा भित्र जुवा तास संचालकहरु फारर भईसकेका थिए । उक्त कार्यक्रम भईरहेको ठाउभन्दा १०० मिटरको दुरीमा वडा प्रहरी र ५०० मिटिर दुरीमा जिल्ला प्रहरी कार्यलय मोरङ रहेको छ । यति छोटो दुरीवाट प्रहरी आउन डेढ घण्टा लाग्नुमा अयोजक र प्रहरीविच साठगाठ रहेको हुनसक्ने संचारकर्मीहरुको आशंका रहेको छ । डेढ घण्टा ढिलो घटनास्थलमा पुगेको प्रहरीले उक्त ठाउवाट केहि हौजीको टिकटवाहेक केहि भेटाउन सकेन । उक्त जुवातास संचालन गर्नेमा उच्च व्यापारीक तथा औद्योगिक घरानाका व्यक्तित्व रहेकाले हालसम्म कोही पक्राउ पर्ने नसकेको गोप्य स्रोतको दावी रहेको छ । उक्त घटनावारे छानवीन प्रक्रिया कहा पुग्यो भन्ने विषयमा जिल्ला प्रहरी मोरङको कुनै प्रतिक्रिया आएको छैन् । प्रहरीको नाकै अगाडि जुवातास संचालन भईरहदापनि संचालकहरुको व्यक्तित्वको कारण प्रहरीले कसैलाई नियन्त्रणमा लिनसकेको छैन् । उद्योगीक व्यापारिक घरानाका सदस्यजनहरुले विराटनगरमा आयोजना गरेको जुवा मेलाको कारण प्रहरीले कामकारवाही अघि वढाउन नसकेको गोप्य स्रोतको दावी रहेको छ । जुवा संचालन गर्नेमा मनोज मुन्दरा, नरेश वायती लगाएत एक दर्जन माडवाडी समुदाय परिवारका व्यक्तित्वहरु रहेको खुल्नमा आएको छ । दुई दिनसम्म संचालनमा आएको जुवा मेलामा २० लाख भन्दा वढी जुवा संचालकलाई आमदानी भएको स्रोतको भनाई छ । मेला र जुवा खालका संचालकलाई कारवाहीको प्रक्रिया मा नल्याए दण्डहिनता बढ्ने र अपराधिहरुलाई समेत अपराध गर्ने प्रोत्सान मिल्ने भएकाले यसका नियन्त्रको लागि संचालकलाई कार्यवाही गर्नु जरुरी देखिएको छ ।