जेष्ठ नागरिकलाई परिचय पत्र वितरण

१८ पुष २०७४, मंगलवार ०६:१८

पुस १८, बुटवल ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका रुपन्देहीले जेष्ठ नागरिक परिचय पत्र वितरण गर्न शुरु गरेको छ ।

महीला तथा बालबालीका कार्यालयबाट बितरण हुदै आएको उत्त परिचय पत्र मुलुक सघिंय संरचनामा गएसगै नगरपालीकाबाट बितरण हुन थालेको हो । २०७२ भदौबाट रुपन्देहीमा सुरु गरिएको जेष्ठ नागरिक परिचय पत्र वितरण अब जिल्लाका स्थानीय सरकारले गर्ने छ । नगर प्रमुख अधिकारीले नगरबासिहरुलाई घर दैलोमै सेवा प्रदान गर्न नगरपालिकाले वडा कार्यालय मार्फत् पनि यस्ता गतिविधिहरुलाई अगाडी बढाउने बताए । जेष्ठ नागरिक परिचय पत्र लिन ६० वर्ष उमेर पुगेका नागरिकहरुले नागरिकता, पासपोर्ट साइजका ४ प्रति फोटा र निवेदन नगरपालिकामा दिनुपर्छ । उपप्रमुख उमा काफ्लेले परिचय पत्र पाएका जेष्ठ नागरिकलाई राज्यले सरकारी स्वास्थ्य संस्था र सार्वजनिक यातायातमा ५० प्रतिशत छुटको व्यवस्था समेत गरेको उल्लेख गरिन । उनले नगरपालिकाले चालु बजेटमा जेष्ठ नागरिकको सम्मानका लागि ८५ वर्ष माथिका नागरिकलाई वार्षिक ५ हजार भत्ताको समेत व्यवस्था गरेको बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत यमबहादुर कुँवरले जीवनको लामो समय देश र समाजको उत्थानका लागि खर्चिएका जेष्ठ नागरिकलाई राज्यले सम्मान गर्नु सहारनीय काम भएको बताए । उनले विगतमा महिला तथा बालबालिकाको कार्यालयबाट वितरण हुने जेष्ठ नागरिक परिचय पत्र अब नगरपालिकाबाट वितरण हुने बताए । यस अघि महिला तथा बालबालिका कार्यालय मार्फत् हप्ताको एक दिन मात्रै वितरण गरिँदै आएको जेष्ठ नागरिक परिचय पत्र हरेक गाउँपालिका र नगरपालिकाहरुले वितरण गर्ने अधिकार प्राप्त गरेपछि जेष्ठ नागरिकहरुलाई सहजता भएको छ । ग्रामिण बस्ति देखि सदरमुकामसम्म आउन र जान जेष्ठ नागरिकहरुलाई असहज थियो ।

कार्यक्रममा महिला तथा बालबालिका कार्यालयकी अधिकृत मैया गुरुङ, नगरपालिकाका बरिष्ठ अधिकृत विवेक खनाल लगायत विभिन्न शाखाका कर्मचारीहरुको सहभागिता थियो । नगरपालिका अनुसार सिद्धार्थनगरमा करिब १ हजार बढी जेष्ठ नागरिक रहेको अनुमान गरिएको छ ।