राष्ट्रिय महिला फुटबलः पश्चिमाञ्चललाई हराउँदै आर्मी विजयी

१७ पुष २०७४, सोमबार १५:५६

पुस १७, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले पश्चिमाञ्चल क्षेत्रीय टोलीलाई पराजित गर्दै राखेप (राष्ट्रिय खेलकुद परिषद्च्या) म्पियनसिपअन्तर्गत राष्ट्रिय महिला फुटबल लिग प्रतियोगितामा पहिलो जित हासिल गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा आर्मीले पश्चिमाञ्चललाई १२–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । पाँच विकास क्षेत्र तथा तीन विभागीय टोलीले भाग लिएको उक्त प्रतियोगितामा विजेता टोलीले रु दुई लाख तथा उपविजेताले रु एक लाख ५० हजार पुरस्कार पाउने छन् ।