गायक ओम तामाङको “सोल्टिनी कान्छी” सार्वजनिक

१७ पुष २०७४, सोमबार १५:३४

पुस १७, काठमाडौं । ओम कला केन्द्रको प्रस्तुतीमा मोडल तथा गायक ओम तामाङ वाइवाको “सोल्टिनी कान्छी” बोलको म्युजिक भिडियो युबट्युबमा सार्वजनिक भएको छ । गाउँठाउँको मौलिकता झल्किने उक्त तामाङ सेलो सोल्टिनी कान्छी बोलको गीत गायक ओम तामाङ वाईवाको एकल स्वर रहेको छ । गीतको शब्द संगीत छेवाङ डि स्याङबोले गरेका छन् भने गीतको एरेन्ज नुर्बू शेर्पाले गरेका हुन् ।

कलाकारिता क्षेत्रमा छोटो समयमा नृत्य, मोडलिङ तथा गायन यात्रा गरिरहेका वाईवाको यो गीत पहिलो प्रस्तुती हो । उनले दर्जनौ म्यूजिक भिडियोमा अभिनय तथा नृत्य निर्देशन समेत गरिसकेको छ । छेवाङ डि स्याङ्बोको डम्बु बजाउँदै तामाङ सेलो गीतबाट अभिनय यात्रा सुरु गरेको गायक वाईवाले पहिलो पटक आफ्नै स्वरमा रहेको गीतमा अभिनय गरेको बताएको छ ।   सोल्टिनी कान्छीको आज काठमाडौंमा एक कार्यक्रम गरी गीत तथा भिडियो सार्वजनिक गर्दै उनले कलाकारिता क्षेत्रमा सबै विधा उत्तिकै महत्वपूर्ण रहेकोले आफुले नृत्य, मोडलिङ, निर्देशन हुँदै गायन क्षेत्रमा प्रवेश गरेको औल्याए । सोल्टिनी कान्छी भिडियोको छायांकन सिन्धुपाल्चोक जिल्लाको हेलाम्बु गाउँपालिका सेर्माथाङको दृश्य रहेको छ । उक्त म्युजिक भिडियोको छायांकन कम्लेस राञ्चलले गरेका थिए भने सम्पादन सूर्य लामाले गरेका हुन् ।

गीत संगीतको दुनियाँलाई बाल्यकालबाटै नियाल्दै आएका गायक ओम तामाङ नृत्यसंगै कडा मेहनतिका साथ नृत्य प्रशिक्षक, निर्देशक, मोडलिङ हुँदै गायन क्षेत्रमा प्रवेश भएको छ । उनले कलाकारिता क्षेत्र एउटा खुल्ला किताव जस्तै भएको बताउँदै सबैलाई मनोरञ्जन र शन्देश प्रवाह गर्ने माध्यमको रुपमा लिएको बताएको छ । यस म्युजिक भिडियोमा गायक स्वयम मुख्य पात्रको रुपमा अभिनय र निर्देशनको भूमिका निभएका छन् । कलाकारहरुमा आश्मी स्याङतान, विशाल वाईवा र दीपक गुरुङले अभिनय गरेका छन् ।