राष्ट्रिय गौरवको भेरी ववई ड्राईभर्सन आयोजना सुर्खेतको हितमा छैन : शाही

१७ पुष २०७४, सोमबार ०८:१३

पुस  १७ ,सुर्खेत ।

उनले जिल्लाको विकासका लागि आयोजनाको डिपिआरमा स्वास्थय ,शिक्षा , खानेपानि र रोजगारलाई समेट्नुपर्ने वताए । उनले यो आयोजनावाट विधुत लाईन राष्टिय प्रशारण लाईनमा जाने, सिचाई प्रदेश नं ५ को वाके,वदियामा जाने भएकाले सुर्खेत जिल्लाका लागि कुनैपनि लाभ नहुने वताए । यो आयोजनाको डिपिआरमानै पुर्नविचार गरिनुपर्ने समेत उनले वताए । यस्तै क्षेत्र नं १ को विकासका लागि आफुले सक्दो भुमिका निर्वाह गर्ने समेत वताए । क्षेत्र नं १ का ५४ वडाहरुमा विधुत सेवा उपलव्ध गराउन विषेश पहल गर्ने शाहीले वताए । उनले रोजगारीका लागी उधोग ,कलकारखाना खोल्ने संभावना तत्काल नभएपनि कृर्षि प्रणाली लाई आधुनिकिकरण गरेर अघि वढ्न लागि पर्ने वताए । ६ नं प्रदेशको राजधानि वीरेन्द्रनगर भएकाले सुर्खेतका सडक संजाललाई कालो पत्रे गर्नुपर्ने र डिपिआर समेत तयार भैसकेको अन्तराष्ट्रिय विमानस्थल निमार्णका लागी पहल गर्ने वताए ।