कास्कीको पर्यटकीय स्थल सराङकोटमा दुई युवा मृत अवस्थामा फेला

१७ पुष २०७४, सोमबार ०६:४४

बिबश शर्मा
पौष १७ ,कास्की ।
कास्कीको पर्यटकीय स्थल सराङकोटमा बन्दै गरेको एक होटलमा दुई युवा मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

सोहि भवनमा अर्का एक युवा भने गम्भीर अवस्थामा घाइते फेला परेका छन् । निर्माणाधीन ‘माउन्टेन रिसोर्ट एण्ड स्पा’ निर्माणमा संलग्न भएका ति मजदुरहरुको मृत्युको कारण भने खुल्न सकेको छैन् घटनाको अनुसन्धान जारी छ । घटनामा संलग्न हुन सक्ने भन्दै प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ । आइतबार अबेरसम्म मजदुर काममा नआएको र संगै काम गर्ने अन्य मजदूरहरुले साथीहरु किन काममा आएनन् भनेर सोधखोज गर्दा उनीहरु बस्दै आएको कोठामा पुगेर हेर्दा २ जनालाई मृत र १ जना घाइते अवस्थामा भेटीएका थिए । घाइते मजदुरको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन् । मृतक र घाइते तीनै जनाको शरीरमा चोटपटक लागेको देखिएको प्रहरीले जानकारी दिएको छ । शरीरमा चोट देखिएकाले उनीहरुको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाको थप अनुसन्धानमा प्रहरी सक्रिय रहेको छ । चार जना युवाहरु एउटै कोठामा सुतेको र त्यसमध्ये २ जना मृत र एक जना घाइते अवस्थामा फेला परेका हुन् । भने एक जना बेपत्ता रहेको प्रहरीले जानकारी दिएको छ । वेपत्ता मजदुरको खोजी भइरहेको प्रहरीले जनाएको छ । मृतक र घाईतेको परिचय प्रहरीले गोप्य राखेको छ ।