एमालेको नेतृत्वमा समृद्धि हुन्छ भन्नु सपनामात्रै : थापा

१७ माघ २०७४, बुधबार ११:३९

माघ १७ , काठमाडौं ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेकपा एमालेको नेतृत्वमा समृद्धिको सपना देख्नु भ्रममात्रै भएको बताएका छन् ।


बुधबार कांग्रेसको बुटवल उपमहानगरपालिका समितिले गरेको कार्यक्रममा उनले एमाले सरकारमा जाँदा १० हजार जना भन्दा बढीलाई फाइदा नहुने दाबी गरे । उनले भने ‘एमाले इज अ प्राइभेट लिमिटेड ।’

केही दिनअघि एमाले अध्यक्ष केपी ओलीले कालोधनलाई एक पटक ठाउँ दिनुपर्छ भन्ने अभिव्यक्ति दिनुको पछाडि खतरनाक षड्यन्त्र भएको थापाले बताए । ‘यो खतरनाक ट्रेलर मात्र हो, अरु थुप्रै कुराप्रति कांग्रेस जुध्दै अघि बढ्नुपर्ने हुन सक्छ’ उनले भने ।

  • साथै, मोदीको फोन र सुष्माको भ्रमण शंकास्पद

ओली प्रधानमन्त्री बन्नुअघि नै भारतीय प्रधानमन्त्री मोदीले दुईदुई पटक फोन गर्नु र भारतीय विदेशमन्त्री नेपाल आउनु शंकास्पद भएको उनले बताए ।