अचम्मको देश जहाँ दुईवटी बिहे नगर्ने पुरुषलाई जेल हालिन्छ

१७ माघ २०७४, बुधबार ११:०८

माघ १७, काठमाडौं । (एजेन्सी)

हाम्रो देशमा बहुविवाह कानूनतः प्रतिबन्धित छ र एकभन्दा धेरै श्रीमती बनाउने पुरुषलाई सजाय हुन्छ । तर अफ्रिकी देश इरिट्रियामा चाहिँ हाम्रोमा भन्दा ठ्याक्कै उल्टो कानून छ ।

उक्त देशमा हरेक पुरुषले कम्तीमा २ जना महिलासँग बिहे गर्नैपर्दछ

इरिट्रियामा महिलाको तुलनामा पुरुषको जनसंख्या निकै कम छ । सोही कारण सरकारले सबै पुरुषलाई दुईजना महिलासँग बिहे गर्नैपर्ने कानून बनाएको छ । ताकि कुनै पनि महिला अविवाहित बस्नु नपरोस् । कानूनको उल्लंघन गरी दुईवटा बिहे नगर्ने पुरुषलाई जेल सजाय हुन्छ ।

पुरुषलाई मात्र सजाय हुने होइन, महिलालाई पनि हुन्छ । यदि पहिलो श्रीमतीको रुपमा बिहे गरेर भित्रिएका कुनैपनि महिलाले आफ्नो लोग्नेलाई दोश्रो बिहे गर्नबाट रोक्ने प्रयास गरेमा त्यस्ता महिलालाई पनि सजाय हुन्छ । लोग्नेलाई दोश्रो बिहे गर्नबाट रोक्ने महिलालाई जन्मकैदको सजाय हुनसक्ने प्रावधान छ ।