अमेरिकाले रुसमाथि थप प्रतिबन्ध नलगाउने

१७ माघ २०७४, बुधबार ०७:२८

माघ १७, काठमाडौं  ।

अमेरिकी सरकारले संसारका विभिन्न देशहरूका सरकारले रुसका हतियार कम्पनीहरूसँग अर्बौं डलरको सम्झौता रद्द गरेकोले हतियार नियन्त्रणका लागि थप प्रतिबन्ध लगाइरहनु नपर्ने बताएको छ ।

तर अमेरिकाको राजस्व विभागले रुसका तेल उद्योगपतिहरूको सूची सार्वजनिक गरेको छैन । राष्ट्रपति भ्लादिमिर पुटिनका निकटवर्ती भएका कारण ती तेल कम्पनीमाथि प्रतिबन्ध लगाइने शंका गरिएको छ ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अघिल्लो वर्ष हस्ताक्षर गरेको प्रतिबन्धमार्फत अमेरिकाका शत्रुहरूसँग व्यवहार गर्ने कानून लागू गर्ने अन्तिम मिति मंगलवार हो । यो कानूनलाई विदेश मन्त्रालय र राजस्व विभागले लागू गर्नुपर्ने थियो ।

पुटिनसँग राम्रो सम्बन्ध बनाउनका लागि ट्रम्पले अमेरिकी चुनावहरूमा हस्तक्षेप गर्ने अनि युक्रेनलाई अस्थिर बनाउने मस्कोविरुद्ध कडा कारवाही नगर्ने शंका अमेरिकी सांसदहरूले व्यक्त गरेका छन् ।